सहारा युकेबाट फ्यान अफ द म्याच पुरस्कार प्रायोजन

पाेखरा | माघ १२, २०८१

सहारा युकेबाट फ्यान अफ द म्याच पुरस्कार प्रायोजन

पोखरा:    २४ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपमा फ्यान अफ दि म्याचलाई पनि पुरस्कार दिइने भएको छ । सोको लागि पुरस्कारवापत् रकम प्रायोजन सहारा यूकेले गरेको हो । 


सहारा युकेका महासचिव क्या. पिताम्बर गुरुङ र सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङबीच फ्यान अफ द म्याच पुरस्कार प्रायोजनबारे सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 


सो अवसरमा सहारा क्लबका निवर्तमान अध्यक्ष हरिराम गुरुङ (सुरज), पूर्व अध्यक्ष विक्रम थकालीलगायतको उपस्थिति थियो । प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले सहारा यूकेका पूर्व अध्यक्ष मीन गुरुङले सहाराको अभियानमा विगतका वर्षमा झैं साथ दिँदै रकम संकलनमा सहयोग गरेकोमा आभार व्यक्त गरे । 


२४ औं आहा रारा पोखरा गोल्ड कप सहयोग अभियानमा सहभागी हुँदै सहारा क्लब पोखराका मानार्थ सदस्य महेश गुरुङबाट २५ हजार, लोक गुरुङबाट २५ हजार, क्लबका शुभचिन्तक नरजंग गुरुङबाट १५ हजार ५ सय ५५ र राम गुरुङबाट १५ सय १ सय रुपैयाँ सहयोग प्रदान भएको छ । 


क्लबले यही माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा २४ औं संस्करणको फुटबल प्रतियोगिता गर्दैछ । १२ टिमले भाग लिने प्रतियोगिताको क्लबले तयारी तीव्र पारिएको अध्यक्ष केशवराज बरालले बताए । 


प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ तथा सहप्रायोजक चितवनको जयश्री फुड्स प्रालि हो । 


क्लबले पोखरा १७, दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी संचालन गरी हाल ३० जना बालकलाई आश्रय दिएको छ । बर्सेनि प्रतियोगिता आयोजना गरेर बचत रकम क्लबले एकेडेमीमा लगाउने गरेको महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

काठमाडौं:  बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ ।  कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

थप पढ्नुहोस्

पोखरा:   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् ।  रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

थप पढ्नुहोस्